समाज
धनुषाका तीन संक्रमित मध्ये दुईजना प्रहरी
०

जनकपुरधाम,जेठ १२ –
कोरोना भाइरसको संक्रमण पुष्टि भएका धनुषाका थप तीनजना मध्ये दुईजना प्रहरी रहेको खुलेको छ। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप ७२ जनामा कोरोना संक्रमण पुष्टि गरेकोमा धनुषामा तीन जनामा धनुषाका थिए । जसमा दुईजना प्रहरी रहेको खुलेको हो ।
इलाका प्रहरी कार्यालय फुलगामामा कार्यरत्त प्रहरी सहायक निरीक्षक ९असई० र एक जवानमा संक्रमण पुष्टि भएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । दुवैलाई नगराईन नगरपालिका गंगुलीस्थित प्रादेशिक क्वारेन्टाइनमा खटिएका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























