अन्तर्राष्ट्रिय

ट्रम्प भन्छन् – १५ लाख काेराेना संक्रमित पहिचान गर्न सक्नु गर्वको कुरा हो

Banner

काठमाडाैं, जेठ ७-

ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १५ लाख काेराेना भाइरस संक्रमित पुष्टि हुने गरी परीक्षण गर्न सक्नु अमेरिकाको लागि गर्वको कुरा रहेको बताएका छन् ।

उनले यति धेरै संक्रमित पुष्टि गर्नुले अमेरिकाको परीक्षणको टेस्टिङ प्रोटोकल निकै राम्रो रहेको पुष्टि भएको ट्रम्पको भनाइ छ ।

अमेरिकामा कोरोना भाइरसको महामारी फैलिएपछि सोमबार पहिलोपटक क्याबिनेटको बैठक बसेको थियो । सो बैठकको जानकारी दिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले अमेरिकामा सबैभन्दा धेरै संक्रमित पुगेकोमा आलोचना गर्नुको सट्टामा अन्य मुलुकको तुलनामा अमेरिकामा धेरै परीक्षण भएको विषयलाई सकारात्मक रुपमा लिनुपर्ने बताएका हुन् ।

जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिलेसम्म अमेरिकामा १५ लाखभन्दा धेरै संक्रमित फेला परिसकेका छन् भने ९२ हजारभन्दा धेरै मानिसको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>