Breaking News
नेपालमा पहिलोपटक डाक्टरमा देखियो कोरोना संक्रमण
०

काठमाडौं, जेठ ६–
नेपालमा पहिलोपटक एक जना चिकित्सकमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
कोरोनाको स्रोत पहिचान (कन्ट्याक्ट ट्रेसिङ)मा संलग्न इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का एक चिकित्समा कोरोना संक्रमण पुष्टि भएको हो । आज काठमाडौंमा थपिएका कोरोना संक्रमित मध्ये ती डाक्टर एक हुन् ।
उनी कपिलवस्तुका कोरोना संक्रमितहरुको कन्ट्याक ट्रेसिङ गर्न गएका थिए । त्यही क्रममा आफैं संक्रमित भएको हुनसक्ने बताइएको छ । यसअघि नर्समा भने कोरोना संक्रमण पुष्टि भईसकेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























