Breaking News
थप ५३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३५७ पुग्यो

काठमाडौं, जेठ ५–
नेपालमा आज थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुल संक्रमितको संख्या ३५७ पुगेको छ । बाँकेमा मात्रै ४६ पुरुष र एक महिला गरी ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भेरी अस्पतालमा परीक्षण गर्दा उनीहरुमा पोजिटिभ पाईएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए ।
यस्तै विराटनगरस्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा मोरङका एक जना पुरुष, भैरहवाको प्रयोगशालामा परीक्षण गर्दा गुल्मीका ४१ वर्षीय पुरुष, धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा धनुषा, रौतहट, दाङ र धादिङका एक/एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता डा.देवकोटाले जानकारी दिए । उनीहरु १८ देखि ४६ वर्ष उमेर समूहका रहेको उनले जानकारी दिए ।
गुल्मीमा देखिएको कोरोना संक्रमण यो पहिलो हो । यस्तै ३६ जना निको भएर घर फर्किएका छन् ।
























