खैरहनी

खैरहनीमा धमाधम क्वारेन्टिन निर्माण, आईतबार १० जनालाई राखियो

Banner

चितवन, जेठ ४–

खैरहनी नगरपालिकाले नयाँ निर्माण गरेको क्वारेन्टिनमा बाहिर जिल्लाबाट आएकाहरुलाई राख्न सुरु गरिएको छ । वडागत रुपमा क्वारेन्टिन निर्माणसंगै सम्बन्धित वडाहरुमा बाहिर जिल्लाबाट आएकाहरुलाई राख्न सुरु गरिएको हो ।

आईतबार खैरहनी वडा नम्वर २ को जनजीवन माध्यमिक विद्यालयमा क्वारेन्टिन निर्माण गरेर १० जनालाई राखिएको वडाध्यक्ष टिकादत्त इटनीले बताए । प्रारम्भमा सो विद्यालयमा १५ बेडको क्वारेनटाईन निर्माण गरिएको छ । बाहिर जिल्लाबाट आएका तीन जनाको परिवारलाई क्वारेनटाईनमा राखिएको वडाध्यक्ष इटनीले बताए ।

उनीहरुलाई नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अनुप अधिकारीले नगरपालिकाले वनाएको आचारसंहिताका बारे जानकारी गराएका थिए । क्वारेनटाईनमा वसेकाहरुलाई विद्यालयमै खानाको व्यवस्था मिलाईएको छ । नगरको अन्य ५ वटा माध्यमिक विद्यालयमा पनि क्वारेनटाईन निर्माण गरिएको नगरपालिका प्रमुख लालमणि चौधरीले बताए । चौधरीका अनुसार कंकाली मावि, खैरहनी मावि, कठार मावि, कपिया मावि र गवै माविमा क्वारेन्टिन बनाईएको छ । क्वारेन्टिनका लागि आवश्यक सबै सामग्री नगरपालिकाले व्यवस्था गरेको छ । नगरका अन्य वडामा स्थायी ठेगाना भई घर फिर्ता आउने चाहनेहरुले सम्र्पक गरिरहेकाले ती वडामा पनि क्रमैसंग क्वारेन्टिन विस्तार गरिने नगरपालिकाले जनाएको छ ।

खैरहनी वडा नम्वर ११ मा २७ जना भारतबाट आउँदै गरेको सूचना प्राप्त भएको नगर प्रमुख चौधरीले बताए । त्यस्तै अन्य वडाबाट पनि सम्वन्धीत वडाका जनप्रतिनिधीहरु र टोल विकास संस्थालाई जानकारी आईरहेको छ । नगरपालिकाले बाहिरबाट आउन चाहनेहरुले सम्बन्धीत वडाका जनप्रतिनिधी, स्वास्थ्यकर्मी, टोल विकास संस्थालाई जानकारी गराउन अनुरोध गरिसकेको छ ।

यसअघि डिज्नी रिसोर्ट पार्क र सैनिक आवासीय महाविद्यालयमा तयारी अवस्थामा रहेको क्वारेन्टिनलाई पछि आवश्यकता अनुसार प्रयोग गरिने नगरपालिकाले जनाएको छ । बाहिर जिल्लाबाट आउनेहरुलाई सकेसम्म आफ्नै वडामा राख्न, व्यवस्थापन सहज बनाउन, खर्च मितव्ययी बनाउन वडागत रुपमा क्वारेन्टिन निर्माण थालिएको खैरहनी नगरपालिका प्रमुख चौधरीको भनाई छ । क्वारेन्टिन निर्माण भएका विद्यालय रहेको वडाका वडाध्यक्षहरुसंग नगरपालिकाले छलफल गरिसकेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>