Breaking News

नेपालमा महिलाभन्दा पुरुष चार गुणा बढी संक्रमित, सबैको स्वास्थ्य अवस्था सामान्य

Banner

काठमाडौँ, जेठ ३–

पछिल्लो तथ्यांकअनुसार नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ सय ७६ छ । यीमध्ये ३६ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार संक्रमितमध्ये ५४ महिला र २ सय २२ जना पुरुष रहेका छन् ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार नेपालमा ०-१० र ६० वर्षभन्दा बढी उमेरका मानिस अन्य उमेर समूहको तुलनामा कम प्रभावित छन् ।

०-१० उमेर समूहका ११ जना र ६० वर्षभन्दा माथि १३ जना संक्रमित रहेको पाइएको छ । त्यसमा पनि ६१-७० उमेर समूहका १० जना, ७१-८० उमेर समूहका २ जना र ८० वर्षभन्दा माथिका एकजना मात्र संक्रमित छन् ।

तथ्यांकअनुसार सबैभन्दा बढी २१-३० उमेर समूह प्रभावित छ । यो उमेर समूहका ८३ जना संक्रमित छन् । यस्तै ३१-४० उमेर समूहका ७० जना संक्रमित छन् । ११-२० उमेर समूह पनि बढी प्रभावित देखिन्छ ।

संक्रमित सबैलाई अस्पतालमा राखेर उपचार भइरहेको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>