Breaking News
फेरि थपियो तीन जना कोरोना संक्रमित, संक्रमितको संख्या २७६ पुग्यो
०

काठमाडौं, जेठ ३–
एक घण्टाको फरकमा आज (शनिबार) थप तीन जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । थपिएका तीन जना नै कपिलवस्तु जिल्लाको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
संक्रमित हुनेहरुमा कपिलवस्तु शिवराज नगरपालिका चन्द्रौटा निवासी २५, ३४ र ४४ वर्षीय पुरुष रहेको मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिए । उनीहरुको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा परीक्षण गरिएको थियो ।
योसंगै संक्रमितको संख्या २७६ पुगेको छ । आज विहान मात्रै थप ६ जनामा संक्रमण पुष्टि भएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























