Breaking News

थप नौ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २५८ पुग्यो

Banner

काठमाडौं, जेठ २–

नेपालमा आज (शुक्रबार) विहान थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको संख्या २५८ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँके जिल्लामा ८ र मकवानपुरमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिए ।

नैनापुरस्थित वडा नंं.१, ३ र ५ निवासी १८ देखि ३६ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । यस्तै मकवानपुरमा ३७ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>