नवलपरासी

नवलपरासीका कोरोना संक्रमित दिल्लीबाट आएका थिए

Banner

सहबान अन्सारी

नवलपरासी, वैशाख ३१–

नवलपरासीका कोरोना संक्रमित पुरुष भारतको दिल्लीबाट आएको खुलेको छ ।

प्रतापपुर गाँउपालिका वडा नं ५ बैदौलीका ३६ वर्षीय पुरुषमा आज (बुधबार) कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको हो । ती युवा करिब ६ महिना अघि रोजगारीको सिलसिलामा भारतको दिल्ली गएका थिए ।

भारतमा लकडाउन खुकुलो भएपछि यही वैशाख २८ गते नवलपरासीकै बसहिया नाकाबाट बिहान करिब ५ बजेको समयमा सिमामा तैनाथ सुरक्षाकर्मीहरुबाट लुकीछिपी नेपाल प्रवेश गरेका थिए ।

ती पुरुष आएको थाहा पाएपछि केही स्थानीयले प्रहरीलाई खबर गरी गाँउ नजिकैबाट क्वारेन्टिन पठाईएको परिवार स्रोतले जनाएको छ । उनलाई परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा उपचारका लागि राखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>