चितवन विशेष

कोरोना त्रासकाबीच चितवनमा नेबिसंघको बिरोध प्रदर्शन जारी

Banner

चितवन, वैशाख ३१–

नेपालको भूमि प्रयोग गरी भारतले चीनसंगको नाका जोडेको भन्दै नेपाली काँग्रेस निकट भातृ संस्थाहरुले बिरोध जनाएका छन् । उनीहरुले विभिन्न किसिमका सांकेतिक बिरोध गरिरहेका छन् ।

कोरोना त्रासको यस समयमा नेबिसंघले कहिले क्याम्पस कमिटिले त कहिले क्षेत्रल गर्दै बिरोध जनाएका छन् भने तरुणदल चितवनले त जागरण अभियाननै सुरु गरी सकेको छ । यसै क्रममा आज (बुधबार) नेपाल बिद्यार्थी संघ चितवन साबिक क्षेत्र नम्बर ४ ले भरतपुरको चौबिसकोठीमा बिरोध प्रदर्शन गर्‍यो । क्षेत्रीय समितिको आयोजनामा भारतले सिमा मिचेको बिरोधमा प्रदर्शन गरिएको हो ।

लकडाउनको समयसंगै कोरोनाको त्रास बढेका बेला सामाजिक दुरी कायम गर्दै आन्दोलनलाई निरन्तरता दिईरहेको छ । भारतले सिमा मिच्दै जाने र नेपाल सरकारले नयाँ नक्सा जारी गर्न नसक्नुले सरकार असफल भईसकेको बिरोधका क्रममा बोल्ने बक्ताहरुले बताएका थिए । सरकारको अकर्मन्यताका कारण जनताले दुःख पाएको उनीहरुको भनाई थियो ।

नेबिसंघ साबिक क्षेत्रीय सभापति विष्णु भुजेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस चितवनका सहसचिब सूर्य अर्याल, नेपाली काँग्रेसका महासमिति सदस्य विजय भूषाल, महानगरपालिकाका संयोजक भरत अधिकारी लगाएतले बोलेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>