Breaking News
भक्तपुरकी कोरोना संक्रमित युवती सुनसरीबाट आएकी थिइन्

काठमाडौं, वैशाख ३१–
भक्तपुरकी कोरोना संक्रमित २५ वर्षीया युवती सुनसरीको झुम्काबाट आएको खुलेको छ। ती युवती तीन दिन अघि सुनसरीको झुम्काबाट भक्तपुर आएकी थिइन्।
प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार उनको ट्रेसिङ गर्दा उनको साथी स्टाफ नर्स रहेको खुलेको छ र उनलाई पनि निगरानीमा राखेर परीक्षण गर्ने तयारी भइरहेको छ । संक्रमित युवतीलाई मंगलबार नै टेकु अस्पताल भर्ना गरिएको छ।
यस्तै भक्तपुरकै अर्का संक्रमित २७ वर्षीय पुरुष दुवाकोटको रहेको खुलेको छ। तर उनमा कसरी संक्रमण सर्यो भन्ने कुरा प्रष्ट हुन सकेको छैन।
उनले आफू कतै बाहिरबाट पनि नआएको बताएका छन्। अहिले उनको परिवारलाई सिल गरिएको छ। युवकलाई भने हिजै टेकु अस्पताल भर्ना गरिएको छ।
मंगलबार भक्तपुरका दुई जना र काठमाडौंका एकजना गरी ८३ जना व्यक्तिमा संक्रमण देखिएको थियो। नेपालमा कुल संक्रमितको संख्या २१७ पुगेको छ ।
























