चितवन विशेष
‘गो ब्याक इण्डिया’ भन्दै चितवनमा युवाहरुको प्रदर्शन
०

चितवन, वैशाख २९–
भारतले नेपाली भूमि अतिक्रमण गरेको बिरोधमा चितवनमा आज (सोमबार) प्रदर्शन भएको छ । भरतपुर अस्पताल रोडदेखि चौविसकोठी चोकसम्म युवाहरु प्रदर्शन गरेका हुन् । उनीहरुले ‘गो ब्याक इण्डिया’ भन्दै नाराबाजी गरेका थिए ।
युवाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध समेत नाराबाजी गरेका छन् । प्रधानमन्त्रीले आफ्नो सीमा जोगाउन नसकेको भन्दै उनीहरुले मुर्दाबादको नारा लगाएका थिए ।
भारतले नेपालको लिपुलेकमा मानसरोबर जाने सडक निर्माण गरेर उद्घाटन गरि सकेको छ । अहिले यहि विषयमा नेपालमा आन्दोलन चर्किदै गएको छ । सरकारले समेत भारतले नेपाली भूमिमा सडक निर्माण गरेको भन्दै बिरोध जनाएको छ ।




तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























