अन्तर्राष्ट्रिय

भारतमा कोरोना संक्रमण बढ्दै, एकै दिन थपिए ४ हजार संक्रमित

Banner

दिल्ली, वैशाख २९–

भारतमा दिनप्रति दिन कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) का चार हजार दुई सय १३ नयाँ संक्रमित भेटिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार यससँगै भारतमा समग्र संक्रमितको संख्या ६७ हजार एक सय ५२ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ९७ जनाको मृत्यु भएको छ । यससँगै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि दुई हजार दुई सय ६ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>