देश/प्रदेश

लिपुलेक बारे नेकपामा एक स्वरः ओली र प्रचण्डले निकाले यस्तो विज्ञप्ती

Banner

काठमाडौं, वैशाख २८–

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले भारतले नेपाली भूमिमाथि सडक निर्माण गरेको भन्दै कडा आपत्ति जनाएको छ ।

अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार राती एक विज्ञप्ती जारी गर्दै नेपाली भूमि लिपुलेकमा सडक निर्माण गरेर नेपालको सार्वभौमसत्तामा भारतले आँच पुऱ्याएको भन्दै आपत्ति जनाएका हुन् । जारी गरेको संयुक्त वक्तव्यमा कोरोना भाइरसले विश्व नै आक्रान्त भइरहेको समयमा यो कार्य हुनु निन्दनीय रहेको बताइएको छ ।

सम्पूर्ण मानव समुदाय कोरोनाको महामारीविरुद्ध जुधिरहेका बेला भारतले नेपाली भूमिमाथि अतिक्रमण गरेको नेकपा अध्यक्षद्वयको ठहर छ । नेकपाका तर्फबाट जारी विज्ञप्तिमा सो इलाकामा सडक निर्माण कार्य तत्काल रोक्न र समस्यालाई थप जटिल नबनाउन भनिएको छ ।

सुगौली सन्धीसहितका सबै ऐतिहासिक प्रमाण र तथ्यहरुले यो भूमि नेपालकै भएको देखाएको बताउँदै दुई अध्यक्षले भनेका छन्, ‘विदेशमन्त्रीस्तरीय वार्ताका लागि नेपाल सरकार परराष्ट्र मन्त्रालयले लिएको पहलकदमीअनुसार अविलम्ब वार्ता गर्नुपर्ने नेकपाको ठहर छ ।’

वक्तव्यमा दुवै सरकारलाई वार्ता र कूटनीतिक माध्यमले यो समस्याको समाधान गर्न आग्रह समेत गरिएको छ । साथै नेकपाले सडक निर्माण कार्यलाई तत्काल रोक्न र यो मुद्दालाई जटिल बनाउने कुनै पनि कार्य नगर्न भारतलाई आग्रहसमेत गरेको छ ।

भारतले नेपालको भूमि लिपुलेक हुँदै मान सरोवरसम्म जाने सडकको शुक्रबार उदघाटन गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>