विशेष
नेपालमा ३१ जना कोरोना संक्रमित डिस्चार्ज
०

काठमाडौं, वैशाख २७–
नेपालमा ३१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म कोरोना संक्रमणबाट निको भएर ३१ जना डिस्चार्ज भइसकेको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले सुदूरपश्चिमा उपचाररत एक महिला समेत डिस्चार्ज भएको जानकारी गर्दै नेपालमा डिस्चार्ज हुने क्रम बढ्दै गएको बताए । नेपालमा हालसम्म १०९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । आज (शनिबार) विहान मात्रै ७ जनामा कोरोना पुष्टि भएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























