मकवानपुर

हेटौंडामा धमाधम ग्रामीण विद्युतीकरण निर्माण

Banner

सुरेश झा

हेटौँडा, वैशाख २७–

कोरोना भाइरसको जोखिम हुन नदिन लकडाउन जारी रहँदा पनि उच्च सतर्कता अपनाउँदै ग्रामीण विद्युतीकरणको निर्माण दु्रत गतिमा भइरहेको छ ।

नेपाल विद्युत् प्राधिकरण विद्युत् वितरण केन्द्र टाँडीद्वारा चितवन र मकवानपुर जिल्लाको चार नगरपालिकासहित दुई गाउँपालिकामा रु १० करोड ५० लाखको लागतमा सो कार्य भइरहेको जनाइएको छ ।

सो केन्द्रका प्रमुख चुटुनकुमार श्रीवास्तवका अनुसार नेपाल सरकारको रु आठ करोड तथा प्राधिकरणको रु दुई करोड ५० लाखको लागतमा विभिन्न ठेकेदार कम्पनीमार्फत निर्माण जारी रहेको हो ।

सो वितरण केन्द्रअन्तर्गत रत्नगर, कालिका, राप्ती नगरपालिकाका साथै मनोहरी गाउँपालिकाको लोथर र इच्छाकामना गाउँपालिकाको ७ नं वडामा विद्युतीकरण भइरहेको छ । ती क्षेत्रमा विद्युत् विस्तार नहुँदा जनता समस्यामा पर्दै आएका थिए । केन्द्र प्रमुख श्रीवास्तवले ती स्थानीय तहमा विद्युुत् विस्तार हुँदा करिब १० हजार घरपरिवार लाभान्वित हुने र चालु आवमा निर्माण सम्पन्न हुने बताउनुभयो ।

त्यस्तै सो केन्द्रले आफ्नो कार्यक्षेत्रमा विभिन्न स्थानमा रहेका पुराना ट्रान्सफर्मर हटाएर ३२ वटा नयाँ ट्रान्सफर्मर जडान साथै जीर्ण अवस्थामा रहेका पोल र तारको मर्मत गरी व्यवस्थितसमेत गरेको छ ।

केन्द्रले रत्ननगर र खैरहनी नगरपालिकालगायत नगरपालिका क्षेत्रमा विगत पाँच वर्षदेखि त्यहाँको सवस्टेशनमा ओभरलोड भई लोडसेडिङ गर्नुपर्ने अवस्थालाई पनि सुधार गरेको जनाएको छ ।

सवस्टेशनको आभरलोड हटाउन टिकैलीको जङ्गलबाट आएको विद्युत् लाइनलाई मर्मत गरी भरतपुरसम्म विद्युत् सञ्चालन गरिएको छ । केन्द्रका प्राविधिक शाखाका अनुसार राप्ती नगरपालिको भण्डारा हरदिमा निर्माण हँुदै आएको सवस्टेशन सञ्चालनमा आएको छ ।
करिब ६० हजार ग्राहकबाट सो केन्द्रले रु ६ करोड महसुल वार्षिक रुपमा सङ्कलन गर्दै आएको छ । तर लकडाउनका कारण चैत र वैशाख महिनामा ५० प्रतिशतमात्र राजश्व सङ्कलन भएको प्रमुख श्रीवास्तवले बताउनुभयो । अहिले विद्युत् महसुल तिर्न इसेवाका साथै विद्युत् समस्या समाधानका लागि विशेष टोली बनाई काम गर्दै आएको छ । –रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>