Breaking News

नेपालमा थप ७ जनामा देखियो कोरोना संक्रमण, संक्रमितको संख्या १०९ पुग्यो

Banner

काठमाडौं, वैशाख २७–

नेपालमा आज (शनिबार) थप सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ ।

उदयपुरको भुल्केमा ३, कपिलवस्तुमा ३ र पर्साको छपकैयामा एक जना नयाँ संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिर कुमार अधिकारीद्धारा जारी विज्ञप्तीमा उदयपुरको भुल्केमा १८, ४५ र ६५ वर्षका महिला, कपिलवस्तुमा १७, १८ र १८ वर्षका पुरुषमा र पर्साको छपकैयाका ६२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको उल्लेख गरिएको छ ।
उनीहरुको काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र विराटनगरस्थित कोशी अस्पतालको प्रयोगशालामा कोरोना परीक्षण गरिएको थियो । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>