नवलपरासी

नवलपरासीमा रासायनिक मल अभाव

Banner

नवलपरासी, वैशाख २४–

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा रासायनिक मल अभाव देखिएको छ । यहाँ माग अनुसारको मल आपूर्ति हुन सकेको छैन । नजिकिँदै गरेको धानको बीउ राख्ने समय र धान रोप्ने कार्यमा किसानलाई समस्या हुने सुस्ता १ फेचुवाका किसान दीपेन्द्र चौधरी बताउनुहुन्छ । धानको बीउ राख्नका लागि खेतमा पोटास, युरिया, डिएपीलगायत मल आवश्यक पर्छ । ‘अहिले धानको बीउ छर्ने बेला आएको छ, मलको अभावमा समयमा बीउ छर्न पाइँदैन भन्ने चिन्ता छ’, फेचुवाका किसान राजेशकुमार चौधरी बताउनुहुन्छ ।

पश्चिम नवलपरासीमा वार्षिक १५ हजार मेट्रिक टन रासायनिक मल आवश्यकता पर्ने भए पनि करीब आठ हजार मेट्रिक टन मात्र जिल्लामा प्राप्त भएको कृषि सामग्री कम्पनी लिमिटेड नवलपरासीले जनाएको छ । ‘किसानलाई माग अनुसार आपूर्ति गर्न सकिएको छैन । हरेक वर्ष मागअनुसार अभाव हुन्छ, यस पटक बन्दाबन्दीका कारण किसानहरुले माग गरेअनुसार मल दिन सकिएको छैन’, कार्यालयका प्रमुख प्रकाशचन्द्र ज्ञवालीले भन्नुभयो ।

पश्चिम नवलपरासीमा कुल रु २९ हजार २८५ हेक्टर खेतीयोग्य जमीन छ । सोमध्ये २१ हजार १७५ हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ । सो खेतीमा वार्षिक ९० हजार ३५४ मेट्रिक टन धान उत्पादन हँुदै आएको कृषि ज्ञान केन्द्र पश्चिम नवलपरासीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>