Breaking News

विश्वभर कोरोना संक्रमितको संख्या ३५ लाख नाघ्यो

Banner

काठमाडौं, वैशाख २२–

विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुने मानिसको संख्या ३५ लाख नाघेको छ । वल्डोमिटर तथ्यांक अनुसार अहिलेसम्म कोरोना भाइरसका ३५ लाख ६६ हजार ८०४ जना संक्रमित फेला परेका छन् । समग्र संक्रमितको एक चौथाइभन्दा बढी संक्रमित अमेरिकामा भेटिएका छन् ।

अमेरिकामा अहिलेसम्म ११ लाख ५८ हजारभन्दा बढी संक्रमित फेला परेका छन् । त्यस्तै स्पेनमा अहिलेसम्म दुई लाख १७ हजार र इटालीमा दुई लाख १० हजारभन्दा बढी संक्रमित फेला परिसकेका छन् ।

चीनको वुहानबाट निस्किएको कोरोना भाइरसको कारण विश्वभर मृत्यु हुनेको संख्या पनि दुई लाख ४७ हजार नाघेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>