Breaking News
नेपालमा एकैदिन १० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६९ पुग्यो
०

काठमाडौं, वैशाख २१–
नेपालमा आज एकैदिन १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार कोरोना संक्रमितको संख्या ६९ पुगेको जनाएको छ । नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले पर्सा जिल्लाका ३६ वर्षीय पुरुषमा र नेपालगन्जको प्रयोगशालमा परीक्षण गर्दा ५ जना पुरुष र ४ जना महिलामा कोरोना संक्रमण देखिएको बताए ।
नेपालगन्जका संक्रमितको उमेर ७ देखि ५८ वर्ष रहेको प्रवक्ता देवकोटाले जानकारी दिए । यस्तै नेपालगञ्जमा मात्रै कोरोना संक्रमितको संख्या १० पुगेको छ । यसअघि एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























