अन्तर्राष्ट्रिय
कोरोनाका बारे ट्रम्पले भन्ने कुरामा विश्वास मान्न छाडे अमेरिकी नागरिकले – अध्ययन

एजेन्सी, वैशाख १७-
हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले किटाणुनाशकलाई संक्रमितको रगतमा हालेर कोरोना भाइरसको उपचार गर्न सकिने बताएका थिए ।उनको यस भनाइको स्वास्थ्य विशेषज्ञहरूले तत्कालै विरोध गरेका थिए। पछि उनले यसलाई आफूले ठट्टा गरेको भन्दै बचाउ गरेका थिए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाका बारेमा भनेका कुरामा अमेरिकी नागरिकलाई विश्वास नभएको एक अध्ययनले देखाएको छ ।कोरोना रोकथाम तथा नियन्त्रण कार्यशैलीका लागि उनको आलोचना हुँदै आएको छ ।
रोयटर्सले मंगलबार सार्वजनिक गरेको लगभग सबैजसो सहभागीले ट्रम्पको सो भनाइ नपत्याएको बताएका छन् ।
अप्रिल २७ देखि २८ मा गरिएको अध्ययनमा आधा भन्दा अलिकति कम (५७%) वयस्क नागरिकहरूले मात्र आफूलाई ट्रम्पले कोरोना भाइरससम्बन्धी भनेका कुरामा ‘केही मात्रामा’ वा ‘पूरा विश्वास लाग्ने’ बताएका थिए ।
यो संख्या भनेको मार्चको अन्त्यमा ट्रम्पको कुरा मान्छौं भन्ने अध्ययनको भन्दा १५ प्रतिशतले कम हो ।
यसैगरी सहभागीमध्येका झण्डै ९८ प्रतिशत अमेरिकीले उनीहरूलाई कोरोनाको संक्रमण भएका कहिल्यै डोनाल्ड ट्रम्पको किटाणुनाशकको सुई लगाउने सुझाव नमान्ने बताएका छन् ।
अध्ययनमा सहभागी अधिकाशं अमेरिकी नागरिकहरूले उनीहरूलाई कोरोना भाइरस कसरी फैलिरहेको छ भन्ने कुरामा चासो रहेको देखाएको छ ।
पछिल्लो समय अमेरिका कोरोना भाइरसको महामारीबाट संसारकै सर्वाधिक प्रभावित मुलुक हो ।
त्यहाँ हालसम्म कोरोनाका कारण ५९ हजार २६६ हजार जनाको मृत्यु भइसकेको छ भने १० लाख ३५ हजार बढी संक्रमित भइसकेका छन् ।



























