Breaking News

चितवनमा खेर गयो तीन करोडको फूल (फोटोफिचर)

Banner

चितवन, वैशाख १४–

कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण सरकारले गरेको ‘लकडाउन’ समय एक महिना पार गरि सकेको छ । यसबीचमा हरेक क्षेत्र संकटमा पुगेको छ । यस्तै एउटा क्षेत्र हो फूलखेती । लकडाउनका समय लम्बिदै जाँदा चितवनका फूलखेती गर्ने किसानहरु अहिले समस्यामा परेका छन् । लकडाउनले तयार भइसकेको फूल बिक्री नहुँदा चितवनमा करिव तीन करोडको फूल र नर्सरीमा क्षति भएको छ । बिक्रीका लागि तयारी अवस्थामा पुगेको फूल अहिले खेतमै बिग्रिन थालेका छ ।

लकडाउनका बेला खाद्यान्न लगायत महत्वपूर्ण पसलहरु संचालनमा आए पनि अहिले फूल उपयोग हुने अवस्था छैन । त्यसले गर्दा सबैभन्दा धेरै फूलखेती गर्ने किसान समस्यामा परेका छन् । एब्लुम फ्लोरा फार्म प्रा.लि.चितवनका संचालक प्रकाश पन्त अहिले त्यही समस्यामा गुज्रिरहेका छन् । लाखौं मूल्य पर्ने फूल अहिले खेतमै थन्एिको छ । त्यो फूल अब काम लाग्ने अवस्थामा छैन । उनको नारायणगढस्थित नर्सरीमा रहेका बिरुवाको अवस्था पनि त्यस्तै छ । सयौं पट बिरुवा पन्तले त्यसै फालिदिएका छन् ।

चितवनमा अहिले २० जना फूलखेती गर्ने किसानहरु छन् । उनीहरुले विभिन्न किसिमका फूलहरु करिव ५० विघा क्षेत्रफलमा लगाएका छन् । लकडाउनका कारण हाल ८ विघाको फूल पूर्ण रुपमा क्षति भएको किसानहरु बताउँछन् । यसपटक सबैभन्दा बढी ग्लाडी ओलस, गोदावरी, गुलाब क्षति भएको छ । करिव १५ वर्ष फूलखेतीमा काम गरेका कैलालीका बद्री राना अहिले चितवनमै आफैले पहिलोपटक डेढ बिघामा फूलखेती गरेका थिए । उनले लगाएको ग्लाडी ओलस अहिले काम नलाग्ने अवस्थामा पुग्दै जाँदा चिन्ताले सताएको छ । उनले सुनाए–‘बल्ल बल्ल यसपटक आफै खेती गरेको पहिलोपटकमै यस्तो दुःख पाइयो, अब घर कसरी चलाउने म त समस्यामा पो छु ।’

चितवनमा बद्री जस्तै पछिल्लो समय फूलखेती गर्ने किसानहरु पनि बढ्दै गइरहेका थिए । तर यसपटकको यस्तो समस्याले फूलखेतीमा प्रवेश गरेका किसान कतै घट्ने त हैनन् भन्ने अर्को चिन्ता थपिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>