अन्तर्राष्ट्रिय
कोरोना नियन्त्रण गर्न भारतीय प्रधानमन्त्री मोदीको नेतृत्व प्रशंसनीय : बिल गेट्स
०

काठमाडौं, बैशाख १२-
माईक्रोसफ्टसका संस्थापकसमेत रहेका गेट्स फाउन्डेसनका अध्यक्ष बिल गेट्सले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रंशसा गरेका छन् ।
गेट्सले प्रधानमन्त्री मोदीलाई पत्र लेख्दै कोरोना भाइरस (कोभिड-१९) को महामारी नियन्त्रण र रोकथाम गर्न प्रधानमन्त्री मोदीले चालेका कदमहरुको सराहना गरेका हुन् ।
मोदीले महामारी नियन्त्रण तथा रोकथामलाई अपनाएको रणनीतिहरुलाई गेट्सले उत्तम भनेका छन् । भारतमा गरिएको देशव्यापी लकडाउन, पकेट एरियाको पहिचान गरी गरिएको परीक्षण तथा क्वारेन्टाईनलाई गेट्सले उपयुक्त उपाय बताएका छन् ।
विट्सले भारतले डिजिटल क्षमताको प्रयोग गर्दै कन्ट्याक्ट ट्रेसिङको उपाय अपनाएकोले पनि मोदीका प्रंशसा गरेका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























