Breaking News

नेपालमा फेरि थपियो कोरोना संक्रमित, संक्रमितको संख्या ४८ पुग्यो

Banner

काठमाडौं, वैशाख ११–

नेपालमा आज फेरि अर्का एक जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केहीबेर अघि २६ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको जनाएको हो । यस्तै आजै अपरान्ह मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले उदयपुर र सर्लाहीमा गरी दुई जनामा कोरोना संक्रमित भेटिएको जानकारी दिएका थिए ।

यस्तै कोरोना निको भएर घर फर्किनेको संख्या १० पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>