चितवन विशेष

‘उद्यमी बन्न इमान्दारिता आवश्यक’

Banner

चितवन, वैशाख ११–

बोस्टन ईन्टरनेशनल कलेज, भरतपुर, अन्तर्गत स्थापना भएको बिआईसी स्टार्टअप्स, काठमाडौँमा अवस्थित ‘स्किल ल्याब’ र बोस्टन कलेजकै ‘उद्यमशीलता र नेतृत्व’ कलबको सहकार्यमा ‘उद्यमशीलता बहस ऋङ्खला’को सातौं कार्यक्रम बिहीबार आयोजना गरिएको छ। अनलाइन माध्यमबाट सातौं कार्यक्रम गरिएको हो ।

‘उद्यमशिलता प्रवद्र्धनमा चितवन उद्योग संघको भूमिका’ विषयमा बिहीबार वृहत छलफल भएको छ । कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले सो विषयमा आफ्नो प्रस्तुति दिएका छन् । उनले उद्यमी बन्नको लागि सबैभन्दा बढी ईमानदारिता चाहिने कुरामा जोड दिए । त्यस्तै आफ्नो क्षमताको पहिचान गरेर मात्रै उद्यमा लाग्न पनि उनले ईच्छुक उद्यमीहरुलाई सुझाव दिए । चितवन उद्योग संघले उद्यमीका समस्या समाधानको लागि नीति निर्माण गर्ने निकायसँग समन्वय गर्ने काम गर्ने गरेको बताए । उनले वर्तमान परिस्थितिमा भने तत्कालको राहतका लागि उद्यमीहरुलाई विपत् कोषमार्फत सहयोग गरिने जानकारी दिए ।

अध्यक्ष पौडेलले आधा घण्टा आफ्नो प्रस्तुति दिएका थिए । सो कार्यक्रममा ३० जना भन्दा बढीको सहभागिता रहेको थियो। कार्यक्रममा बोस्टन कलेजका विद्यार्थी र प्राध्यापकको बाहुल्यता रहे पनि समुदायका लागि पनि खुल्ला भएकाले समुदायबाट पनि केही संख्यामा उपस्थिति रहेको थियो। त्यस्तै कार्यक्रममा चितवन उद्योग संघका उपाध्यक्षद्वय त्रिलोचन कँडेल र युगराज ओस्ती, कार्यकारी निर्देशक गणेश प्रसाद सिलवाल, कार्य समिति सदस्य गोपाल गैरेलगायतको समेत उपस्थिति रहेको थियो।

बिआईसी स्टार्टअप्स बोस्टन कलेजले उद्यमशीलता प्रवद्र्धन गर्न स्थापना गरेको छुट्टै विभाग हो। त्यस्तैगरी, ‘स्किल ल्याब’ विद्यमान शिक्षा प्रणालीले दिन नसकेका तर रोजगारको लागि अत्यावश्यक सीपहरु सिकाउने संस्था हो भने ‘उद्यमशीलता र नेतृत्व’ कलब, बोस्टनकै विद्यार्थीहरुबाट संचालित कलब हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>