Breaking News
नेपालमा अहिलेसम्म ४३ हजार ७ सय २२ को कोरोना परीक्षण
०

काठमाडौं,बैशाख ११-
स्वास्थ्य मन्त्रालयले हालसम्म कोरोना भाइरसको ४३ हजार ७ सय २२ वटा कुल परीक्षण भएको जानकारी दिएको छ।गत चौबीस घन्टामा ३ हजार ३ सय ५ वटा परीक्षण भएको हो।
पिसिआरबाट ९ हजार १ सय ९९ जनाको कुल परीक्षण भएको हो भने र्यापिड टेस्टबाट ३४ हजार ५ सय २३ जनाको परीक्षण भएको हो। स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङका क्रममा प्रवक्ता डा। विकास देवकोटाले यसबारे जानकारी दिएका हुन्।
यस्तै हाल देशभर १० हजार ५ सय ७३ जना क्वारेन्टाइनमा रहेको उनको भनाइ छ। आइसोलेसनमा भने कुल ८६ जना रहेको जसमा उपत्यकाभित्र ४ जना र उपत्यका बाहिर ८२ जना रहेको उनले जानकारी दिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























