Breaking News

कोरोनाविरुद्ध खोप उत्पादन र वितरण ज्यादै कठिन हुन सक्ने डब्ल्यूएचओको चेतावनी

Banner

काठमाडौं, बैशाख ९-

कोरोना भाइरसविरुद्ध खोप तीव्र रूपमा विकास भइरहेकाे भए पनि यसको उत्पादन तथा वितरण अति कठिन हुन सक्ने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले चेतावनी दिएको छ ।

प्रमाणित खोप बनिसकेपछि विश्वको माग पूरा हुने गरी त्यसको उत्पादन गरिनुपर्ने उनको भनाइ छ। खोप पहुँच भएका देशका लागि मात्रै उत्पादन गरिए त्यसको परिणाम भयावह हुने सक्ने चेतावनी उनले दिएका छन्।

विश्वमा अहिले दुई दर्जनभन्दा बढी कम्पनीले कोरोना भाइरसविरुद्ध खोप उत्पादन गरिरहेको बताएका छन् । तीमध्ये तीन खोप त मानवमा परीक्षणको चरणमा रहेको यसअघि नै सार्वजनिक भइसकेको छ ।

तर डब्ल्यूएचओ, आपतकालीन कार्यक्रमका कार्यकारी निर्देशक डा. माइकल रायनले यी खोप चाँडै बने पनि त्यसको पर्याप्त उत्पादन तथा वितरण अति चुनौतीपूर्ण भएको बताएका हुन् ।

अमेरिकास्थित नेसनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्सिअस डिजिजका निर्देशक डा. एन्थोनी फाउचीले कोरोनाविरुद्धको खोप बनेर प्रयोगमा आइसक्न कम्तीमा अझै डेढ वर्ष लाग्ने बताएका छन् ।

सबै मानिस र क्षेत्रसम्म खोप पुग्न सकोस् भन्ने हिसाबले डब्ल्यूएचओले काम गरिरहेको पनि उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>