नवलपरासी
नवलपरासीको क्वारेन्टाइनबाट भागे तीन जना

नवलपरासी, वैशाख ९-
पूर्वी नवलपरासीको कावासोती नगरपालिका १ मा रहेको क्वारेन्टाइनबाट मंगलबार विहान तीन जना भागेका छन् ।
सोमबार भारतबाट आएका १ जना र उनीसँगै घुलमिलमा रहेका अन्य २ जनासहित ३ जनालाई सोमबार साँझ वडा न १ मा रहेको क्वारेन्टाइनमा राखिएको थियो ।
उनीहरुलाई कावासोती ३ मा रहेको प्रस्तावित कुमारी अस्पतालको क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनबाट भागेका मध्ये कावासोती १ निवासी अर्जुन परियार ३ दिन अघि भारतको लुदियानाबाट घर आइपुगेका थिए ।
कावासोती नगरपालिका भित्र रहेको क्वारेन्टाइनहरुमा अहिले कावासोती नगरपालिकाको नगर प्रहरीले निगरानी गर्ने गरेका छन् ।
फरार रहेका व्यक्तिको अहिले नगर प्रहरी, वडा प्रतिनिधि र प्रहरीले खोजी गरिराखेको कावासोती नगरपालिका उपप्रमुख तथा कोरना रोकथाम विपत व्यावस्थापन समिति कावासोती नगर संयोजक प्रेम शंकर मर्दनियाले जानकारी दिए ।
























