अन्तर्राष्ट्रिय

अमेरिकामा पेट्रोलियम पदार्थ किन्नेले उल्टै पाउँछ पैसा

Banner

काठमाडौं, बैशाख ९–

अमेरिकामा पेट्रोलियम पदार्थको मूल्य पहिलो पटक ऋणात्मक भएको छ ।

लकडाउनले सवारी साधन र उद्योग धन्दा ठप्प हुँदा पेट्रोलियम पदार्थको खपत नभएपछि उत्पादकहरुले भण्डारण क्षमता कायमै राख्नका लागि क्रेतालाई भुक्तानी दिन थालेको बीबीसीले जनाएको छ ।

भण्डारण क्षमता आउँदो मे सम्ममा समाप्त हुने भएका कारण उत्पादकले तेल खरिदवापत क्रेतालाई नै पैसा तिर्न थालेका हुन् ।

तेलको माग अत्यन्तै कम भएपछि उत्पादकहरुले ट्यांकरहरु भाडामा लिएर तेल भण्डारण गर्न थालेका छन् । जसका कारण अमेरिकी बजारमा तेलको मूल्य ऋणात्मक भएको हो ।

अमेरिकामा तेलको मूल्य निर्धारण गर्ने वेस्ट टेक्सस इन्टरमिडिएट (डब्लुटीआई) मा तेलको मूल्य माइनस ३७.६३ अमेरिकी डलर प्रति ब्यारेल पुगेको छ ।

सोमवार तेलको मूल्यमा गिरावट देखिनुमा विश्व तेल बजारको प्राविधिक पक्षको पनि भूमिका रहेको विश्लेषण गरिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>