देश/प्रदेश
चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्राडा खत्री नियुक्त
०

काठमाडौँ, असार २३-
चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा प्रा डा देवेन्द्र खत्री नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा आयोगका अध्यक्ष वालेन्द्र शाहले प्राडा खत्रीलाई आयोगको उपाध्यक्षमा नियुक्त गर्नुभएको हो ।
नवनियुक्त उपाध्यक्ष प्राडाखत्रीलाई आज शिक्षा तथा खेलकुद मन्त्रालयमा शिक्षा तथा खेलकुदमन्त्री तथा आयोगका सहअध्यक्ष सस्मित पोखरेलले नियुक्तिपत्र प्रदान गर्नुभयो ।
यसअघि आयोगमा उपाध्यक्ष पद रिक्त रहेकाले अर्को व्यवस्था नभएसम्म आयोगका पूर्वउपाध्यक्ष श्रीकृष्ण गिरीलाई कार्यवाहक उपाध्यक्षको जिम्मेवारी दिइएको थियो ।
सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था गर्न बनेको अध्यादेश जारी गरेपछि आयोगका उपाध्यक्ष डा अञ्जनीकुमार झालगायतका पदाधिकारी पदमुक्त भएका थिए । त्यसपछि आयोगको उपाध्यक्ष पद खाली भएको थियो ।रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























