स्वास्थ्य
तरकारी र फलफूललाई निसंक्रमण गरेर मात्र बिक्री वितरण गर्ने तयारी
०

काठमाडौं, बैशाख ८-
काठमाडौं महानगरपालिकाले कोरोना भाइरसको सम्भावित संक्रमणबाट जोगिन निसंक्रमणयुक्त तरकारी बजारको व्यवस्थापनका लागि पार्टी प्यालेसबाट तरकारी विक्री वितरण गर्ने तयारी थालिएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजारमा भीड भएपछि खुद्रा बिक्री वितरण रोकिएको छ । महानगरपालिकाले वैकल्पिक बजारका लागि विभिन्न ११ ठाउँ उपलब्ध गराएको भएपनि अधिकांश स्थानमा शौचालय, पानीको व्यवस्था नभएको भन्दै व्यापारीहरु जान नमानेपछि पार्टी प्यालेसबाट तरकारी बिक्री गर्ने योजना बनाइएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























