चितवन विशेष

कोरोनाविरुद्ध लड्न नेकपा चितवनले बनायो कार्यदल, स्थानीय तहहरुसंग समन्वय गर्ने

Banner

चितवन, वैशाख ७–

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनको आज (आइतबार) बसेको बैठकलले विभिन्न निर्णयहरु गरेको छ ।

पार्टी अध्यक्ष यमबहादुर परिवार ‘इन्द्रजीत’को अध्यक्षता र पार्टी केन्द्रीय सदस्य एवम् बागमती प्रदेशका अध्यक्ष नारायण दाहालको प्रमुख आतिथ्यतामा बसेको बैठकले कोरोना नियन्त्रणमा पार्टीलाई परिचालन गर्न कार्यदल गठनदेखि किसानलाई राहत दिलाउन माग गर्नेसम्मका निर्णयहरु गरेको छ ।

बैठकमा केन्द्रीय सदस्य एवम् चितवन जिल्ला इन्चार्ज कृष्णप्रसाद खनाल र केन्द्रीय सदस्य एवम् महानगर इन्चार्ज रेणु दाहालको विशेष उपस्थिति रहेको थियो । बैठकले समसामयिक विषयामा विभिन्न ७ वटा निर्णय गरेको सचिव कृष्णभक्त पोखरेलले जानकारी दिए ।

यस्तो छ नेकपाको निर्णयः

१, कोरना भाइरसले विश्वव्यापी महामारीको रूप लिइरहेको अवस्थामा यसको रोकथामका लागि नेपाल सरकारले जारी गरेको लकडाउनलगायत स्वअनुशासनको नियममा बसी जनताले देखाएको ऐक्यबद्धतालाई धन्यवाद दिँदै अझ हाम्रा लागि केही दिन कठिन नै भएकाले लकडाउनलाई पूर्ण पालना गरी कोरनाविरुद्धको लडाइँमा विजय हासिल गर्न आमजनतामा हार्दिक अनुरोध गरिन्छ ।

२, कोरना विशेष अस्पताल, कोरना परीक्षण ल्याब निर्माणजस्ता महत्वपूर्ण कामहरू यस अवधिमा भरतपुर महानगरपालिकाको अगुवाईमा, सम्पूर्ण जनप्रतिनिधि, राजनीतिक दल, चिकित्सक, उद्योग वाणिज्य संघ, उद्योग संघजस्ता सरोकारवाला संघसंस्थाको पहलकदमीमा सम्पन्न भएकाले सबै सरोकारवालाहरूलाई बधाई दिने र यो असहज परिस्थितिमा अरू एकताबद्ध भई लाग्न आह्वान गर्दछौँ ।

३, लकडाउनको समयमा दैनिक ज्याला गरी खाने श्रमजीवी वर्गमा खाद्य संकट हुने हँुदा सबै स्थानीय तहलाई कुनै पनि जनता भोकै नपर्ने गरी राहत उपलव्ध गराउन अनुरोध गर्ने, स्थानीय तहमार्फत एकद्वार प्रणालीबाट राहत वितरण गर्ने र संकलन र वितरणमा स्थानीय तहसँग समन्वय गरी सम्पूर्ण पार्टी कमिटीहरू सक्रियरूपमा लाग्न अनुरोध गरिन्छ ।

४, कोरना रोगको रोकथाम र राहत व्यवस्थापन कामको स्थानीय तहसँग समन्वय गरी पार्टी परिचालनका लागि कार्यालय सदस्य तेजेन्द्रबहादुर खड्काको संयोजकत्वमा कार्यालयका सदस्यहरू चार जना र स्थानीय तहका सात जना अध्यक्षहरू रहेको कार्यदल गठन गरिएको छ ।

५, हिजो (शनिबार) आएको हावा हुरी, असिना पानीले कृषकहरूको अन्नबाली, केरालगायत फलफूलमा क्षति पु¥याएकाले तथ्यांक लिई किसानहरूलाई उचित राहत प्याकेज घोषणा गर्न सम्बन्धित निकायसँग माग गर्दछौँ ।

६, लकडाउनकै अवधिमा पनि किसानलाई आफ्नो बारीमा काम गर्ने कृषि औजारहरू र आवतजावतमा बाधा नपु¥याउन एवम् समयमा नै मल बीउको व्यवस्थापन गर्न सम्बन्धित पक्षको ध्यानाआकर्षण गराइन्छ ।

७, आगामी वर्षको बजेट निर्माण गर्दा कृषि उत्पादन वृद्धि भई आत्मनिर्भर हुन सक्ने बजेट बनाउन तीनै तहका सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>