प्रवास

कोरोनाभाइरसले बेलायतमा थप एक नेपालीको निधन

Banner

बेलायत,बैशाख ७-

कोरोना भाइरसका कारण बेलायतमा अर्का एक नेपालीको मृत्यु भएको छ। लन्डनस्थित नेपाली समाजले जनाएअनुसार साउथ इस्ट लन्डनमा चार्टर्ड एकाउटेन्ट ध्रुवकुमार श्रेष्ठको निधन भएको हो। उच्चज्वरो र खोकीसहित श्वासप्रश्वासमा समस्या भएपछि १० दिनअघि सेन्ट थोमस अस्पताल लण्डनमा उनलाई भर्ना गरिएएको थियो।

शनिबार राति १२ बजे श्रेष्ठको निधन भएको पारिवारिक स्रोतले बताएको छ। मधुमेहका सामान्य बिरामी रहेका श्रेष्ठ लण्डनमा आफ्नै एकाउन्टेन्सी फार्म सञ्चालन गर्दै आएका थिए।

पोखरा स्थायी घर भएका ४६ वर्षीय श्रेष्ठका श्रीमती, दुई छोरी र एक छोरा छन्। उनले नेपालबाट आमा र बुवालाई बेलायत घुम्न ल्याएका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>