समाज

मस्जिदबाट नमाज पढ्दै गरेका १४ जना पक्राउ

Banner

बुटवल,बैशाख ७-

कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नम्वर ७ स्थित एक मस्जिदबाट १४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

लक डाउन उल्लंघन गरी सामूहिक नमाज पढ्दै गरेका १४ जनालाई प्रहरीले पक्राउ गरेको हो। कोरोनाभाइरसको संक्रमण फैलन नदिन सरकारले लागू गरेको लक डाउनलाई उल्लंघन गरेको, सामाजिक दुरी कायम नगरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए।

पक्राउ परेका सवैलाई वडा कार्यालय तौलिहवाको नियन्त्रणमा राखिएको छ। सरकारको अनिवार्य लक डाउनको घोषणालाई उल्लंघन गरी जबरजस्ती सामूहिक नमाज पढ्न खोज्ने व्यक्तिहरुको समूहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>