Breaking News

चितवनमा र्‍यापिड टेस्ट गर्ने कीट सकियो

Banner

चितवन, वैशाख ७–

कोरोना भाइरस (कोभिड–१९) संक्रमणका लागि चितवनमा ल्याईएको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) गर्ने कीट सकिएको छ । पहिलो चरणमा विदेशबाट आएका व्यक्तिहरुको परीक्षणका लागि सात सय वटा कीट चितवन आएको थियो ।

ती सबै कीट सकिएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारीले जानकारी दिए । उनले नारायणी अनलाइनसंग भने–‘पहिलो चरणमा ल्षइएको सबै कीट सकिएको छ, अरु थप कीट मगाउँदै छौं ।’ स्वास्थ्य कार्यालयका प्रमुख तिवारीले चितवन थप कति कीट आवश्यक भन्ने बारे तथ्यांक निकालिरहेकोले सोही अनुसार कीट मगाइने बताए । उनले भने–‘कीटका कारण समस्या आउन दिँदैनौं, कीट मगाउने वित्तिकै आइहाल्छ ।’

स्वास्थ्य कार्यालयसंग रहेको केही कीट आज पूर्वीचितवनको राप्तीमा पठाइएको छ । कोरोना संक्रमित दुई जनासंग सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान गरी सो कीटबाट र्‍यापिड टेस्ट गरिने तिवारीले बताए । उनले शनिबार ८ जनाको र्‍यापिड टेस्ट गरिएको र अन्यको आज टेस्ट गरिने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>