अन्तर्राष्ट्रिय

कोरोनाले धेरैको मृत्यु हुने देश अमेरिका होइन चीन होः ट्रम्प

Banner

एजेन्सी,बैशाख ७-

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसका कारण सबैभन्दा धेरै व्यक्तिको मृत्यु अमेरिकामा नभई चीनमा भएको बताएका छन् ।

ह्वाइट हाउसमा भएको कोरोना भाइरस टास्क फोर्सको शनिबारको ब्रिफिङ्गको क्रममा अमेरिकामा कोभिड–१९ बाट मृत्यु हुने दर युरोपमा भन्दा कम रहेको बताए । युरोपको जर्मनी मात्रै अपवाद रहेको उनको भनाई छ ।

चीनमा भन्दा अमेरिकामा धेरै कम मानिसको मृत्यु भएको दाबी ट्रम्पले गरेका हुन् । उनले भनेका छन्, ‘बेलायत, स्वीट्जरल्याण्ड, बेल्जियम तथा फ्रान्सको तुलनामा अमेरिकामा कोरोना भाइरसका कारण भएको मृत्युदर कम छ । स्पेनको मृत्युदर तर अमेरिकाको भन्दा चार गुणा बढी छ ।’

ट्रम्पले अघि भनेका छन्, ‘कोभिड–१९ बाट हुने मृत्युमा अमेरिका पहिलो नम्बरमा होइन कि चीन हो । हामी त चीनको नजिक पनि छैनौँ । त्यहाँ धेरै मानिसको ज्यान गएको छ, यो कुरा तपाईँलाई पनि थाहा छ र मलाई पनि ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>