स्वास्थ्य

विश्वभर कोरोना भाइरसले २८ नेपालीको मृत्यु, एक हजार बढी संक्रमित

Banner

काठमाडौं, वैशाख ७–

कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट विश्वभर शनिबार साँझसम्म २८ जना गैरआवासीय नेपाली (एनआरएनए)को मृत्यु भएको छ ।
गैरआवासीय नेपाली संघको कोभिड–१९ उच्चस्तरीय समिति अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतमा १७, अमेरिकामा ८, युएईमा २, आयरल्याण्डमा १ जनाको ज्यान गएको एनआरएनएको सचिवालयले जनाएको छ ।

स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार नेपालबाहेक विश्वभर १ हजार १ सय ६६ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् । विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सहरुको समूहले तयार पारेको सो आँकडाअनुसार २१ देशमा रहेका नेपालीहरु कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>