समाज

आज चट्याङ्ग,असिना र हावाहुरीसहित वर्षा हुने

Banner

चितवन,बैशाख ७-

देशका केही क्षेत्रको मौसम आज (आइतबार) आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेकाले केही क्षेत्रको मौसम बदली हुने देखिएको मौसमविदले बताएका छन्।

अहिले देशको पश्चिमी र पूर्वी भू–भागमा आंशिक बदली रही बाँही भेगको मौसम सामान्यतया सफा रहेको जनाइएको छ। दिउँसो पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही तराईका भू–भागमा आंशिक बदली रहने छ । पहाडी भूभागका केही स्थान तथा तराइका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताए ।

राति पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही तराईका क्षेत्रमा आंशिक बदली रहने जनाइएको छ । पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>