अन्तर्राष्ट्रिय
लकडाउनको विरोधमा अमेरिकामा प्रदर्शन जारी,ट्रम्पको समर्थन
०

एजेन्सी,बैशाख ७-
राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन र साथ पाएका प्रदर्शनकारीहरुले अमेरिकामा लकडाउनको विरोध गर्दै प्रदर्शन जारी राखेका छन् । टेक्सासको राजधानी अस्टिनमा शनिबार सयौँको संख्यामा जम्मा भएर प्रदर्शनकारीले राज्यमा जारी लकडाउन अन्त्य गर्न माग गर्दै प्रदर्शन गरेका हुन् ।
अमेरिकाका अधिकांश क्षेत्रमा कोरोना भाइरसको महामारी थप फैलिन नदिनका लागि लकडाउन लागु गरिएको छ । तर अर्थतन्त्रमा असर परेको भन्दै प्रदर्शन हुँदै आएका छन् । ट्रम्पले यस्ता प्रदर्शनकारीको समर्थनमा बोल्ने गरेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























