Breaking News

अष्ट्रेलियामा नेपाली विद्यार्थीलाई कसरी सहयोग गर्ने ? यस्तो छ खरेलको समाधानका उपाय

Banner

डिला खरेल–

अस्ट्रेलियामा रहनु भएका नेपाली विद्यार्थीहरु जो समस्यामा हुनु हुन्छ । उहाँहरुलाई अब कसरी सहयोग गर्ने ? सरोकारवाला नेपाली राजदुतावास, एनआरएन, एका– एजुकेशन कन्सल्टेन्सी र अन्य सबै सबै हामी प्रवासी नेपालीहरू सहयोगी बनौं र बन्नुपर्छ ।

विश्वभर फैलिएको कोरोना भाइरस माहामारीका कारणले अस्ट्रेलियाका सबै नागरिक, क्षेत्र र समुदायलाई असर परेको छ । सरकार समेत बहुत गाह्रो समयमा रहेको छ । तर म आफै पनि धेरै भन्दा धेरै नेपाली विद्यार्थीहरुसंगको सम्पर्कमा छु । मेरो आफ्नै भाइ बहिनी भतिज भान्जा भान्जी समेत विद्यार्थी भिषामा अस्ट्रेलियामा हुनुहुन्छ । म र मेरो परिवारले सकेको सहयोग गरि रहेका छौं ।

अब के गर्ने ?

एका–अस्ट्रेलियामा रहेका एजुकेशन कन्सल्टेन्सीको सयुंक्त संस्था
आदरणीय अध्यक्ष पीआर अधिकारी ज्यू मार्फत सबैमा,
प्रिय अध्यक्ष्य ज्यू,

आदरणीय व्यवसायी साथीहरु अहिलेको परिस्थितिमा नेपालबाट विद्यार्थी भिषामा आउँदा (जिटिइ लेखेर बुवा आमाको कमाइ छ, फ़ाइनन्सिअल देखाएर आएका १ वर्ष खान बस्न पुग्ने पैसा छ भनेर आएको) यो अहिले उठाई राख्नु पर्ने विषय रहेन वास्तविकता र व्यवहारिकता अहिले के छ त्यता तिर जाउँ । सम्पूर्ण एजुकेशन कन्सल्टेन्सीहरुको प्रधान आयश्रोत विद्यार्थी नै हुन् । एकाले नै पहल कदमी लियोस् सबै कन्सल्टेन्सीले आ–आफ्नो ठाउँबाट राम्रो काम गरि रहेकै छन् । अब मात्र विद्यार्थी आर्थिक सहायता कोष निर्माण गरौ र खुल्ला आव्हान गरि विद्यार्थीहरुको खातामा केहि पैसा नै सहयोग गरौ । हो यो दिर्घकालिन समधान होइन, दिर्घकालिन समाधान हामी मिलेर खोज्दै गरौला । यसका लागि नेपाली राजदुतावास, एनआरएन र एका मिलि कलेज, युनिभर्सिटीलाइ छुट तथा स्कलरसिप माग्ने, अन्तर्राष्ट्रिय विद्यार्थीलाइ ट्रेन, बासमा ट्राभल डिस्काउन्ट माग्ने आदि आदि काम गरौंला । तर अहिले हरेक नेपाली विद्यार्थीको बैंक खातामा आर्थिक सहायता गर्नै पर्छ । करिव ५० हजार वा सो भन्दा बढी विद्यार्थी अस्ट्रेलिया भरी होलान् । केहि न केही उनीहरुलार्इ आर्थिक सहयोग गरौ ।

एनआरएन
आदरणीय अध्यक्ष केशव कंडेल ज्यु मार्फत सबैमा,
प्रिय अध्यक्ष्य ज्यू,

गैर आवासीय नेपाली संघ पनि सबै नेपाली हरुको साझा संस्था र अभिभावकीय संस्था हो । अहिले गरेका कामहरु निकै प्रशंसनीय छ । एकालार्इ नेपाली राजदुतावासलाइ संगसंगै सहकार्य गराई सहयोगी भइ विद्यार्थीलाइ आर्थिक सहयोग पु¥याउन सहयोग गरौं । एनआरएनले पैसा नउठाउने हामी नेतृत्वमा करिव २०० जना प्रत्यक्ष छौ, हामीहरुले आफ्नो गोजीबाट यथोचित सहयोग गरौं । एनआरएनसंग करिब ३ लाख डलर जति पैसा छ, त्यो हामी सबैको पैसा हो ।

नेपाली राजदुतावास
महामहिम राजदुत महेशकुमार दाहाल मार्फत सबैमा,
महामहिम राजदुत ज्यू,

जो विद्यार्थीको भिषामा समस्या हुन्छ, शारीरिक र मानसिक स्वास्थ्यमा असर पर्छ । रेख देख गर्ने विद्यार्थीसंगको नजिक सम्पर्कमा बसी रहनु पर्छ । अस्ट्रेलियन सरकारसंग के कसरी राहत र सहयोग लिन सकिन्छ, फेडेरल लेभलमा, पोलिसी लेभेलमा एड्भोकेसी गर्ने र नेपाल सरकार तिनै विद्यार्थीका नेपालस्थित माता पिताले तिरेको करबाट केहि बजेट पनि हुन्छ न्यूनतम आर्थिक रकमको सहयोग कोषको घोषणा गर्नुपर्छ । (नियमन गर्ने र अस्ट्रेलियास्थित समुदायसंग नजिक भन्दा नजिक रहेर काम गर्ने)

अन्त्यमा, सल्लाह मात्र आयो तपाइँ के गर्नु हुन्छ भन्नु होला । सर्व प्रथम त म एनआरएनको कुनै पदमा नरहेको व्योहरा अवगत गराउन चाहन्छु । पेशाले म एकाउण्टेण्ट हुँ, अस्ट्रेलिया सरकारको आर्थिक सहायता प्याकेज को–को ले, के–कसरी पाउन सकिन्छ, के–के नीति नियम छन् , पेशागत मर्यादा र नियम भित्र रही सही जानकारी दिएर सहयोग गर्नेछु । म कुनै पनि एजुकेशन कन्सल्टेन्सीसंग आवद्ध छैन ।( म यो बेला एनआरएनलाइ, नेपाली राजदुतावासलाइ र एका लाइ मन, बचन र कर्मले सहयोग गर्न चाहन्छु र आशा गरौ बन्ने उक्त विद्यार्थी आर्थिक सहायता कोषमा १००० डलर सहयोग गर्नेछु ।

जो जहाँ हुनुहुन्छ यहाँहरु सबैको सुरक्षित बसाई र सुस्वास्थ्यको कामना गर्दछु । सबै सबैका आ–आफ्ना भगवानले र दिव्य शक्तिले सबै सबैको रक्षा गरुन भनि प्रार्थना गर्दछु ।
धन्यवाद ।

डिला खरेल
मोः ०४३४३९२३४७
इः dilakharel @gmail .com

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>