Breaking News
लकडाउन अवधिभर विद्यार्थीको भाडा नलेउ, राहत देउः अनेरास्ववियू चितवन

चितवन,बैशाख ५-
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) चितवनले लकडाउन अवधिभर विद्यार्थीको कोठा भाडा नलिन अपिल गरेको छ । जिल्ला संयोजक प्रकाश आचार्य र सहसंयोजक बसन्त आचार्यद्धारा संयुक्तरुपमा जारी विज्ञप्तीमा समस्यामा परेका विद्यार्थीलाई सहयोग गर्न घरधनि र स्थानिय सरकारलाई आग्रह गरिएको छ । यो समयमा घरधनि आफैले विद्यार्थीको अभिभावकत्व ग्रहण गर्दै सहयोग गर्न भनिएको छ ।
विज्ञप्तीमा भनिएको छ, ‘विभिन्न जिल्लाबाट चितवन आएर कोठा भाडामा बसेका विद्यार्थीलाई रहात वितरण गर्न स्थानिय सरकारलाई अनुरोध गर्दछौं ।’ अनेरास्ववियूले समस्यामा परेका विद्यार्थीको तथ्याङ संकलन र सहयोग गर्नका लागि जिल्लाका १५ विद्यार्थीलाई जिम्मेवारी दिएको छ ।
साथै लकडाउनको मौका छोपेर कालोबजारी गर्ने,दैनिक उपभोग्य बस्तुमा कृतिम अभाव सृजना गर्ने व्यक्ति,फर्म र उद्योगलाई कारवाहीको दायरामा ल्याउन चितवन प्रशासनसंग माग गरिएको छ ।

























