प्रवास

कोरोना संक्रमणबाट न्युयोर्क अर्का नेपालीको मृत्यु

Banner

न्युयोर्क,बैशाख ५-

अमेरिकाको न्युयोर्कमा कोरोना संक्रमणबाट आज अर्का नेपालीको मृत्यु भएको छ । रिजउड नेपाली समाजका अनुशार न्युयोर्कमा रिजउडमा बस्दै आएका महेश अमात्यको कोरोना संक्रमणबाट मृत्यु भएको हो । ७० बर्षको उमेरमा अमात्यको जमैका अस्पताल न्युयोर्कमा मृत्यु भएको हो ।

हिजोमात्रै न्युयोर्कमा कोरोना संक्रमणबाट न्युयोर्कको उडसाइड निवासी नेपाली पवन मल्लको मृत्यु भएको थियो । न्युयोर्कमा एकमहिनाको अवधिमा ८ जना नेपालीको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भईसकेको छ । मृतकमध्ये ५ जनाको मृत्यु कोरोना भाइरसबाट भएको पुष्टि गरिएको छ भने अन्य ३ जनाको मृत्युको कारण खुलाइएको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>