Breaking News

नेपाल एयरलाइन्सका २ जहाज मेडिकल सामग्री ल्याउन चीन जाँदै

Banner

काठमाडौं, वैशाख ४-

नेपाल एयरलाइन्सले काठमाडौंबाट चीनको ग्वाङजाउसम्म कार्गो उडान गर्ने भएको छ । आज बेलुका दुई जहाज चीन जाने भएका हुन् ।

एउटा जहाज बेलुका पौने सात बजेतिर उड्ने र अर्को जहाज पनि लगत्तै उड्ने जानकारी छ । एयरबस ए३३० जहाजले उक्त कार्गो उडान गर्ने छन् ।

नेपालका अस्पताल,औषधि आपूर्तिकर्ता तथा व्यवसायीहरुले यी उडानबाट सामग्री नेपाल ल्याउने छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>