धादिङ

धादिङमा पुलमा लगाइएको बार नाघ्न खोज्दा खसेर एकको मृत्यु

Banner

धादिङ,बैशाख ४–

धादिङको ज्वालामुखी गाउँपालिकामा मानिसको आवतजावत रोक्न पुलमा लगाइएको बार नाघ्न खोज्दा एक व्यक्तिको खसेर मृत्यु भएको छ।

ज्वालामुखी ५ मा पर्ने बुङ्गकोट घाटको पुलमा लकडाउन कार्यान्वयनका लागि मानिसको आवतजावत रोक्न बार लगाइएको थियो। ३८ वर्षीय होमबहादुर मगर बार नाघ्न खोज्दा बगरमा खसेको र उनको ज्यान गएको प्रहरीले जनाएको छ। धादिङ र गोर्खालाई जोड्ने उक्त पुलको दुवैतर्फ बार लगाइएको थियो। प्रहरीका अनुसार मगर चितवनबाट घर फर्किरहेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>