धादिङ

धादिङमा पुलमा लगाइएको बार नाघ्न खोज्दा खसेर एकको मृत्यु

०
Banner

धादिङ,बैशाख ४–

धादिङको ज्वालामुखी गाउँपालिकामा मानिसको आवतजावत रोक्न पुलमा लगाइएको बार नाघ्न खोज्दा एक व्यक्तिको खसेर मृत्यु भएको छ।

ज्वालामुखी ५ मा पर्ने बुङ्गकोट घाटको पुलमा लकडाउन कार्यान्वयनका लागि मानिसको आवतजावत रोक्न बार लगाइएको थियो। ३८ वर्षीय होमबहादुर मगर बार नाघ्न खोज्दा बगरमा खसेको र उनको ज्यान गएको प्रहरीले जनाएको छ। धादिङ र गोर्खालाई जोड्ने उक्त पुलको दुवैतर्फ बार लगाइएको थियो। प्रहरीका अनुसार मगर चितवनबाट घर फर्किरहेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>