Breaking News

कोरोना भाइरसबाट ज्यान गुमाउनेभन्दा निको हुनेको संख्या चार गुणा बढी

Banner

काठमाडौं, वैशाख ४-

महामारीको रुप लिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर अहिलेसम्म जति मानिसको ज्यान गएको छ, सो भन्दा चार गुणा बढी मानिसहरु उपचारपछि निको भएका छन् ।

पहिलोपटक कोरोना भाइरस भेटिएको चीनमा संक्रमितमध्ये तीन हजार ३४२ जनाको मृत्यु भएको छ । उपचारपछि निको हुनेको संख्या ७८ हजार ३७० रहेको छ । चीनमा निको हुने कोरोना संक्रमितको संख्या मृत्यु हुनेहरूको आंकडाभन्दा साढे २३ गुणाले बढी हो ।

विभिन्न निकायबाट सार्वजनिक भएका तथ्या‌ङ्कअनुसार हालसम्म एक लाख ३७ हजार संक्रमितको मृत्यु भएको छ । हताहतिका हिसाबले यो निकै ठूलो संख्या हो । तर जोन हाप्किन्स विश्वविद्यालयका अनुसार अहिलेसम्म भेटिएका संक्रमितमध्ये पाँच लाख १२ हजार २५२ जना उपचारपछि निको भएका छन्‌ ।

ज्यान गुमाउने भन्दा निको हुनेको संख्या ३.९४ गुणाले बढी हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>