प्रवास

अमेरिकामा अस्पतालले भर्ना लिन नमानेपछि एक नेपालीको कोठामै मृत्यु

Banner

न्यूयोर्क,बैशाख ४-

अमेरिकाको न्यूयोर्कमा बस्दै आएका ४४ वर्षीय पवनकुमार मल्लको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। विगत ३ हप्तादेखि बिरामी रहेका मल्लको न्यूयोर्क उडसाइडस्थित आफ्नै निवासमा बुधबार बिहान मृत्यु भएको हो।

कोरोना भाइरसका कारण बिरामी परेका पवनकुमार उपचारका लागि केहीदिन पहिले अस्पताल पुगेका थिए, तर अस्पतालले ठाँउ नभएको भन्दै भर्ना लिन मानेको थिएन। मल्लका एक श्रीमती र दुई छोरी नेपालमा छन्। सन् २०१२ मा अमेरिका आएका मल्लले केही समय पहिले न्यूयोर्कमा ग्रिन क्याब नामक ट्याक्सी चलाउँथे। मल्ल नेपालमा प्रहरी सेवामा थिए।

पवनकुमारको आफ्नो मान्छे बताउने पद्यमा प्रधानले प्रहरीले आवश्यक सूचना लिएर केही समयपछि मृत्युदर्ता लिन आउनु भनेको जानकारी दिएकी छन्। पद्यमाले भनिन्, पवनभाई र मेरो परिवार केही समय अपार्टमेन्ट सेयरिङ गरेर बस्यौं, साह्रै दुखद भयो, भाईको आत्माले शान्ति पाओस्।अन्नपूर्ण पोष्ट दैनिकबाट

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>