Breaking News

गोरखाका कोरोना ‘संक्रमित’ युवक आफैं मोटरसाइकल चलाएर पुगे आइसोलेसन

Banner

काठमाडौँ, वैशाख ३-

गोरखाको आरुघाट गाउँपालिकामा एक जनालाई कोरोना संक्रमण देखिएको छ । र्‍यापिड डाइग्नस्टिक टेस्ट (आरडिटी) मा एक युवालाई कोरोना पोजेटिभ देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय गोरखाले पुष्टि गरेको हो ।

र्‍यापिट डाइग्नोस्टिक टेस्ट किट (आरडीटी)बाट गरिएको परीक्षणमा एन्टिबडी पोजेटिभ (कोरोना संक्रमणको संकेत) देखिएका धादिङका युवक आफैं मोटरसाइकल चलाएर अस्थायी आइसोलेसनमा पुगेका छन् ।

कोरोना संक्रमणको संकेत देखिएका व्यक्तिलाई बोक्ने एम्बुलेन्स फेला नपरेपछि गाउँपालिकासँगको समन्वयमा युवक आफैं मोटरसाइकल चलाएर आइसोलेसनमा पुगेका हुन् ।

आरडीटी परीक्षणका क्रममा मंगलबार धादिङको ज्वालामुखी गाउँपालिकाका युवकमा एन्टिबडी पोजेटिभ देखिएको थियो । त्यसपछि उनलाई आइसोलेसनमा ल्याउन गाउँपालिकाले एम्बुलेन्सको व्यवस्थापन गर्न शुरु गरेको थियो ।

तर, गाउँपालिकामा रहेको एम्बुलेन्सका चालक कोरोना संक्रमितलाई बोक्नुपर्ने भन्दै बेपत्ता भए । पछि गाउँपालिकाले नै संक्रमणको संकेत देखिएका युवालाई मोटरसाइकल उपलब्ध गराएको थियो ।

उनी गाउँपालिकाले नै उपलब्ध गराएको मोटरसाइकल चलाएर धादिङ बेशीमा रहेको कृषि ज्ञान केन्द्रमा बनाइएको अस्थायी आइसोलेसनमा आइपुगेका हुन् ।

आरडिटीमा कोरोना पोजेटिभ देखिने युवकको स्वास्थ्य अवस्था अहिले सामान्य छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>