मौसम

आज देशका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षा हुने

Banner

चितवन,बैशाख १-

देशभर सोमबारको मौसम आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशको पूर्वी र मध्यका थोरै स्थानहरुमा र पश्चिमका केही स्थानमा मेघगर्जन, हावाहुरी र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यस्तै सोमबार राति देशको पहाडि भूभागमा आँशिक देखि सामान्य बदली रही एकदुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ भने बाँकी भूभागमा आँशिक बदली रहने अनुमान गरिएको महाशाखाले जनाएको छ ।

हाल नेपालमा स्थानीय वायुको प्रभाव सँगसँगै पश्चिमि वायुको समेत आंशिक प्रभाव रहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>