Breaking News
नेपालमा ५ हजार १८४ जनाको कोरोना परीक्षण, १२ जना कोरोना संक्रमित
०

काठमाडौ, चैत ३०–
नेपालमा हालसम्म पाँच हजार १८४ जनाको कोरोना भाइरस (कोभिड–१९)को परीक्षण गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा.विकास देवकोटाले आइतबारसम्ममा देशभर पाँच हजार १८४ जनाको कोरोना परीक्षण गरिएको जानकारी दिए । उनका अनुसार पछिल्लो २४ घण्टामा ७९५ जनाको कोरोना परीक्षण गरिएको छ । जसमा तीन जनाको कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुुष्टि भएको प्रवक्ता डा.देवकोटाले बताए । उनले भने–‘संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङ सुरु भइसकेको छ, सबै जना सतर्क रहौं ।’
प्रवक्ता डा.देवकोटा अनुसार हाल नेपालमा ७९७३ जना क्वारेनटाइन रहेको र ८५ जना आइसोलेसनमा उपचाररत छन् । नेपालमा तीन जना नयाँ बिरामी थपिएसंगै संक्रमितको संख्या १२ जना पुगेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























