Breaking News

नेपालमा एक साता अवधिमा कोरानाको नयाँ बिरामी फेला परेको छैनः स्वास्थ्य मन्त्रालय

०
Banner

काठमाडौं, चैत २९–

नेपालमा एक साता अवधिमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको नयाँ बिरामी फेला परेको छैन । स्वास्थ्य मन्त्रालयले आज नियमित पत्रकार सम्मेलनमा एक सातामा थप कुनै पनि नयाँ संक्रमण नभेटिएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले भने–‘एक साता अवधिमा नयाँ बिरामी फेला परेको छैन, संक्रमित ८ जना बिरामीकै सामान्य अवस्थामा उपचार भइरहेको छ ।’ नेपालमा हाल ८ जना उपचारको क्रममा छन् भने एक जना निको भइसकेका छन् । यस्तै मन्त्रालयले काठमाडौं उपत्यकामा थप एक ठाउँमा कोरोना परीक्षण सुरु गरिएको जनाएको छ । मन्त्रालयका अनुसार अब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासंगै वीर अस्पतालमा समेत कोरोना परीक्षण सुरु गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>